Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको छ’ : नगर प्रवक्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप
75
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशको प्रमुख व्यापारिक तथा शहरी केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा पछिल्ला वर्षहरूमा आगलागीका घटना बारम्बार दोहोरिन थालेका छन्।

जनघनत्वको तीव्र वृद्धि, अव्यवस्थित विद्युतीय संरचना, तथा सावधानीको कमीका कारण सामान्य आगलागीसमेत ठूला दुर्घटनामा परिणत हुने गरेको सरोकारवालाहरू बताउँछन्।

विशेषगरी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीले इटहरी उपमहानगरपालिकाको दमकल सेवा नै ठप्प बनाएको छ। आन्दोलनका क्रममा नगरपालिकाका दुवै दमकलमा आगजनी हुँदा ती पूर्ण रूपमा नष्ट भएका थिए।

त्यसयता नगर क्षेत्रमा आगलागी हुँदा तत्काल नियन्त्रणका लागि पर्याप्त साधनस्रोतको अभाव झेल्नुपरेको छ। छिमेकी स्थानीय तहबाट दमकल मगाउनुपर्ने बाध्यताका कारण घटनास्थलमा पुग्न ढिलाइ हुने र क्षति बढ्ने समस्या देखिएको छ।

यसै सन्दर्भमा इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलले दमकल खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए। उनका अनुसार नगरले नयाँ दमकल खरिदका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ। चाँडै सेवा पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए।

‘यसअघि नै दमकल खरिद प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘अब चाँडै नयाँ दमकल ल्याएर सेवा प्रभावकारी बनाउने तयारीमा छौं।’

पोखरेलका अनुसार विगतमा नगरसँग दुईवटा दमकल रहेका भए पनि आन्दोलनका क्रममा दुवै काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले एउटा दमकल छिट्टै खरिद गरी सेवा सुचारु गर्ने र आगामी दिनमा थप स्रोत व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।

इटहरीमा हुने अधिकांश आगलागीका घटनामा विद्युत् मुख्य कारणका रूपमा देखिएको नगरपालिकाको तथ्यांकले देखाउँछ। कमजोर तथा पुराना विद्युतीय तार, अनियमित विद्युत् आपूर्ति (लाइन आउने–जाने समस्या), तथा विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगले आगलागीका घटना बढाएको प्रवक्ता पोखरेलको भनाइ छ।

‘उपकरण चलिरहेको अवस्थामा वा लाइन आउने–जाने हुँदा सर्ट भएर आगलागी हुने गरेको छ,’ उनले भने, ‘होटलका किचनबाट पनि पटक–पटक आगलागीका घटना भएका छन्। आगोजस्तो संवेदनशील विषयमा सबै नागरिक सचेत र जिम्मेवार हुन जरुरी छ।’

उनले विशेषगरी पुराना तथा कमसल तारको प्रयोग नगर्न, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन, तथा घर तथा व्यवसायिक स्थलमा आधारभूत सुरक्षा उपाय अपनाउन आग्रह गरे। साथै, ग्यास सिलिन्डर, किचन सामग्री तथा ज्वलनशील पदार्थको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने उनले बताए।

पहिला चैत–वैशाखको सुख्खा मौसममा हावाहुरीका कारण खुला आगोबाट आगलागी हुने गरेको भए पनि अहिले समयसँगै जोखिमको स्वरूप बदलिएको छ। अहिले शहरीकरणसँगै विद्युत् र प्रविधिमा निर्भरता बढेकाले आगलागीका कारण पनि परिवर्तन भएको उनले उल्लेख गरे।

स्थानीयवासीहरू भने दमकल अभावका कारण जोखिम बढेको भन्दै चिन्तित छन्। उनीहरूले चाँडै दमकल सेवा पुनः सञ्चालनमा ल्याउन नगरपालिकासँग माग गरेका छन्। व्यवसायीहरूले पनि बजार क्षेत्रमा आगलागी भए ठूलो आर्थिक क्षति हुने भएकाले पूर्वतयारीमा जोड दिनुपर्ने बताएका छन्।

इटहरीमा बढ्दो आगलागी जोखिम नियन्त्रणका लागि दमकल खरिद मात्र पर्याप्त नहुने सरोकारवालाहरूको भनाइ छ।

दीर्घकालीन रूपमा सुरक्षित विद्युतीय संरचना, जनचेतना अभिवृद्धि, नियमित अनुगमन, तथा आपतकालीन पूर्वतयारी आवश्यक देखिएको छ।

उपमहानगरले यी पक्षमा समेत ध्यान दिन सके मात्रै इटहरीलाई सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्न सकिने जानकारहरू बताउँछन्।

यो पनि – इटहरीमा बर्सेनि आगलागी, जेनजी आन्दोलनमा दमकल जलाइएपछि झनै चुनौती

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषदमकल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.