विराटनगर : कोशी प्रदेश सरकारले आगामी जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेशसभाको नवौं अधिवेशन जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा सुरु हुनेछ।
मन्त्री पराजुलीले मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशनको मिति तय गर्नुका साथै प्रशासनिक र राजनीतिक महत्वका विभिन्न निर्णयहरू गरेको जानकारी दिए।















Discussion about this post