झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
शनिवार साँझ करिब ६ः३० बजेतिर सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री कमल गाउँपालिका–१ निवासी ७० वर्षीय शंकरप्रसाद ढुंगानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानाको बायाँ खुट्टा तथा बायाँ कानमा चोट लागेको थियो।
उनलाई प्रारम्भिक उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको थियो।
उपचारकै क्रममा राति ११ः४५ बजेतिर ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कमल गाउँपालिका–१ कै ३५ वर्षीय लुडो सतार भनिने मनोज मुर्मुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलका कागजपत्र फेला नपरेको, चालकको मापसे परीक्षण नभएको तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post