Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
in FEATURE BREAKING, समाचार
0
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
52
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी बैंकमा जम्मा गरिने गरिएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मन्दिरमा ४ करोड ४९ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ। जेठ महिनामा मात्रै ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी प्राप्त भएको समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा भक्तजनले चढाएको भेटी कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी सुरक्षित रूपमा पोका बनाएर लाहाछाप लगाइन्छ। त्यसपछि उक्त भेटी माथिल्लो फेदी हुँदै सदरमुकाम फुङलिङस्थित समितिको कार्यालयमा ल्याइन्छ।

कार्यालयमा भेटी रकम दैनिक रूपमा प्रहरीको उपस्थितिसँगै सीसीटीभी निगरानीमा गणना गरिन्छ। गणना सम्पन्न भएपछि रकम बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ। यस प्रक्रियाले भेटी व्यवस्थापनलाई सुरक्षित र पारदर्शी बनाएको विश्वास गरिएको छ।

समितिका अनुसार जेठ महिनामा ८ हजार ३ सय ८७ जना तीर्थयात्री पाथीभरा पुगेका छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मन्दिर दर्शन गर्ने भक्तजनको संख्या एक लाख ८८ हजार ६ सय पुगेको छ।

समितिले बढ्दो तीर्थयात्रीको आगमनसँगै भेटी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन आवश्यक प्रविधि तथा निगरानी प्रणालीलाई निरन्तर सुदृढ गर्दै आएको जनाएको छ।

Tags: #ताप्लेजुङपाथीभराभेटी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

झापा : झापाको गौरादहमा मादक पदार्थ सेवन (मापसे)गरेर साइकल चलाइरहेका एक वृद्धको टिपरको ठक्करबाट मृत्यु भएको छ। पाडाजुंगी–गौरीगन्ज भित्री पक्की...

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.