इटहरी : जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार रहेका एक युवकलाई इटहरी उपमहानगरपालिका–४ स्थितबाट ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब १ बजेतिर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–८ निवासी २३ वर्षीय भीम विश्वास चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथमा रहेको प्रदेश १–०२–०४४ प ८१५२ नम्बरको मोटरसाइकल जाँच गर्दा १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा चौधरी मिति २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए। उनी यसअघि चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका फरार प्रतिवादी रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चौधरीलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ।













Discussion about this post