सुनसरीका सक्रिय पत्रकार योगेशबाबू काफ्लेले आफ्नो ३१ औँ जन्मदिनको अवसर पारेर आँफूले अध्ययन गरेको विद्यालयमा शिक्षा कोषका लागि सहयोग रकम प्रदान गरेका छन् ।
काफ्लेले मङ्गलवार धनकुटाको महालक्ष्मी नगरपालिका ९ स्थित मूर्तिढुङगाको श्री सिंहदेवी माध्यमिक विद्यालयलाई ५० हजार रुपैँयाको कोष स्थापनाका लागि पहिलो चरणको सहयोग गरेका हुन् ।
स्वर्गीय हजुरबुबा कमलापति काफ्ले र हजुरआमा पूण्यवता काफ्लेको स्मृतिमा स्थापना गरिदिएको कमलापति पूण्यवता शिक्षा कोष स्थापना गरिदिएर पहिलो चरणको ५० हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।
उनले कुल २ लाख रुपैँयाको अक्षय कोष स्थापना गरिदिएका छन् । पहिलो चरणको ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै प्रत्येक वर्ष ५० हजारका दरले रकम प्रदान गर्ने बताए ।













Discussion about this post