इटहरीको भोजपुरे ज्वेलर्सका सन्चालक माधव रिसाल पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत सुनसरीबाट थुनामा राख्ने आदेश भएपछि झुम्का कारागार चलान भएका हुन् ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रामचन्द्र खडकाको इजलासले ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउने र बिना इजाजत वित्तिय कारोवार मुद्धामा धरौटी माग गरेपछि रिसाल कारागार चलान भएका हुन्।
इटहरीकी दिलकुमारी चौलागाईँ लगायतलाई ठगी गरेको आरोपमा रिसाल दशैँ अगाडि पक्राउ परेका थिए ।
रिसालको तर्फबाट अधिवक्ताहरु मणिराज दुलाल, प्रेमप्रसाद पोखरेल, शालिग्राम पाण्डेले बहस गरेका थिए भने पीडितको तर्फबाट अधिवक्ता रमेशकुमार पोखरेल, सरकारी वकिल सन्दिप चाहारले बहस गरेका थिए ।














Discussion about this post