सुनसरीको दुहवी नगरपालिका ९ मुसहरी टोलबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित मंगलबार दिउँसो १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार ऋषिदेवले आफ्नै घरमा गाँजाको भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको विषयमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।














Discussion about this post