चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा सुरुमा चेतावनी दिने डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।
वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।
चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।
Discussion about this post