तरहरा । तरहरामा जारी बहुभाषी कपको उपाधि पुलिस स्कुल धरानले चुमेको छ ।
२६ गतेदेखि तरहरामा जारी प्रतियोगितामा बिहीबार भएको फाइनल खेलमा पुलिस स्कुल धरान र कोशी सेन्ट जेम्स इटहरीबीच भएको खेलमा पुलिसले ३ गोल गर्दा कोशीले गोल गर्न सकेन ।
उपाधि चुम्दै धरानले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो भने कोशी सेन्ट जेम्सले १५ हजारमा चित्त बुझायो ।
जिल्लाभरीका १८ वटा विद्यालय सहभागी रहेका थिए, अभिभावक संघका अध्यक्ष मोहन लिम्बुले भने, सामुदायिक विद्यालयले यहाँ पहिलो पटक खेलको आयोजना गरेको हो । बहुभाषी स्कुलले आयोजना गरेको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता हो ।
खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि उक्त आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक विद्या राईले बताईन् । बिहीबार फाइनल खेलमा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहर, २ वर्ष ६ महिना कैद सजाय पाएका इटहरीका राई पक्राउ
इटहरी : रासायनिक मल हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौँबाट दोषी ठहर भई २ वर्ष ६ महिना कैद...
Discussion about this post