Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘आँखा देखेँ भनेँ त खेलाडी बन्थेँ…’ (भिडियोसहित)

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
असार २, २०७७
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
‘आँखा देखेँ भनेँ त खेलाडी बन्थेँ…’ (भिडियोसहित)
515
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘मेरा चारैजना छोराछोरी अपाङ्ग भएपछि अत्यन्तै पीडामा छु, कहिँ जान पाउँदिन, खाना आफैँ खुवाइदिनुपर्छ, उठ्न सक्दैनन्, बोल्न पनि सक्दैनन् ।’ इटहरी २ की मनमाया तामाङको वेदना हो यो ।

तामाङको परिवारमा ०४८ कात्तिकमा एक छोरीको जन्मभयो । उनको जन्मपछि परिवारमा खुशी त छायो । तर, त्यो खुशी एक दशक पनि टिक्न सकेन । उनको जन्म भएको सात बर्षमै उनलाई मृगी रोगले च्याप्यो । उनी न बोल्न नै सकिन्, न हिड्न नै । त्यसपछि तामाङको परिवारमा ठूलो बज्रपात प¥यो । मनमायाका अनुसार जेठी छोरी २०४८ कात्तिक, जेठो छोरा ०५० भदौ, कान्छी छोरी ०५६ भदौ र कान्छो छोरा ०६२ चैत्रमा जन्मिए ।

अहिले चारैजना सन्तानले आँखा देख्दैनन् । उनीहरु आँखा मात्र नदेख्ने हैन, हिड्न पनि सक्दैनन् । न त आँफै खान नै सक्छन्, न त दिसापिसाप नै आँफै गर्न सक्छन् । चारजना मध्ये कान्छो छोरा भने अलिअलि बोल्छन्, तर आँखाभने देख्दैनन् ।

‘तीनजना ओछ्यानमै हुन्छन्, दिसापिसाप पनि आँफै गराइदिनुपर्छ,’ आमा मनमायाले गहभरी आँशु पार्दै आफ्नो पीडा पोखिन्, ‘एकदिन ठूली छोरी स्कूल जाने क्रममा ज्वरो आयो, बाटोमै लडी त्यसपछि कहिल्यै उठिन ।’ उनका अनुसार तत्कालिन समयमा ताप्लेजुङमा रहँदा स्कूल जाने क्रममा ज्वरो आएको र हातखुट्टा बटारिएर एकैठाउँ भएको थियो । उनलाई उपचारका लागि विभिन्न अस्पताल लगिएपनि उपचार सम्भव भएन ।

मनमाया भन्छिन्, ‘काठमाडौँमा लगेर एमआरआई पनि ग¥र्यौँ, आँखाको नसा सुनिएर त्यस्तो भएको भन्ने कुरा आयो ।’ आँफूहरुले धामी, झाँक्री लगायत सबै उपचार गरेपनि सबै सन्तानले आँखा नदेखेकाले दीर्घकालीन समस्यामा रहेको सुनाईन् । ‘नानीहरुले पढ्न पनि पाएनन्, हिड्न पनि पाएनन्, गरिखान पनि पाएनन्,’ मनमायाले आफ्नो दुःख सुनाउँदै टाकुरान्यूजसँग भनिन्, ‘के को दसा लाग्यो–लाग्यो, छोराछोरी जागीर खान्छन् काम गर्छन् भन्ने पनि भएन ।’

चारै सन्तानलाई सातबर्ष लागेपछि एउटै रोगले च्यापेकाले आँफू विक्षिप्त रहेको उनको आँखामा देख्न सकिन्थ्यो । ‘६ महिनाको नानीलाई जस्तो लिटोजस्तै खानेकुरा आँफैले खुवाइदिनुपर्छ,’ उनले भनिन्, ‘खुट्टा पनि सिधा हुँदैन, तीनजना त लडेको लडै हुन्छन् ।’

मनमायाका पति लक्ष्मण तामाङले भने आँफू सामाजिक रुपमै विभेदमा परेको सुनाउँछन् । ‘म सामाजिक रुपमै विभेदमा परेँ, यो रोग सर्छ भनेर अरु कसैले मेरो घरमा केटाकेटी पठाउँदैनन्,’ उनले सुनाए, ‘छोराछोरीलाई जतिबेला पनि रोगले च्याप्छ, आफन्त नरनाता भन्न, भेट्न पाईएको छैन ।’

उनले सातबर्षको उमेरदेखि सबै सन्तान ढल्ने, अन्धोपन हुने र १७।१८ बर्षपछि सधैँका लागि बोल्न र उठ्न नसक्ने बनेको पीडा सुनाए । लक्ष्मणले आफ्ना चारैजना सन्तान शारीरिक रुपमा अशक्त रहेकाले सामाजिक रुपमा नै विभेदमा पर्नु परेको दुखेसो पोखे । अहिले ठूली छोरी अस्मिता तामाङ २९ बर्ष, ठूलो छोरा सरोज तामाङ २७ बर्ष, कान्छी छोरी सुस्मिता तामाङ २२ बर्ष र कान्छो छोरा सञ्जीव तामाङ १५ बर्षका छन् । विभिन्न अस्पतालमा लगेर उपचार गरेपनि कहिँ उपचार सम्भव नरहेकाले आँफूहरुमा ठूलो बज्रपात रहेको उनले सुनाए ।

कान्छा छोरा भने अलिअलि बोल्ने गर्छन् । लक्ष्मणले कान्छा छोराका लागि गीत गाउँन भनेर हार्मोनियम पनि किनेर ल्याएका छन् ।

बेला–बेलामा सञ्जीव हार्मोनियममा भुलिन्छन् । र, गुनगुनाउँन थाल्छन्, ‘जहाँ छन् बुद्धका आँखा…।’ उनले टाकुरान्यूजसँग भने, ‘गीतगाउँन मन लाग्छ, गीत गाएर पैसा कमाउँछु भन्ने सपना छ ।’ आँफूलाई लोकप्रिय कलाकार बन्न मन लागेको र गीतको माध्यमबाट सबैलाई रुवाउँन मन लागेको उनी बताउँछन् । सञ्जीवलाई खेलाडी बन्ने पनि रहर छ ।

‘आँखा देखेँ भनेँ त म खेलाडी पनि बन्थेँ, लामा पनि बन्थेँ,’ गहकिलो मुद्रामा उनी भन्छन्, ‘म टिभी पनि हेर्छु, ममिलाई मन पर्ने लोकगीत पनि हेर्छु ।’

यी माथि उल्लेख गरिएका विषयहरु अपाङ्गता भएका र तिनका परिवारले भोग्नु परेको पीडा सम्बन्धी केही उदाहरण मात्र हुन् । इटहरी उपमहानरपालिका क्षेत्रमा मात्रै शारीरिक अशक्त रहेका मानिस तीन सय बढीको हाराहारीमा रहेका छन् । इटहरी उपमहानगरपालिकाकी सामाजिक विकास शाखाकी अधिकृत शुशीला कार्कीका अनुसार इटहरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरण गरी परिचय पत्र वितरण गरिएको छ ।

इटहरी क्षेत्रमा रातो परिचय पत्र पाउँने १ सय ८ जना, निलो परिचय पत्र पाउँने १ सय २१ जना, पहेँलो परिचय पत्र पाउँने ६१ जना र सेतो परिचय पत्र पाउँने १२ जना गरी तीन सय दुई जना शारीरिक अशक्त रहेको तथ्याङ्क छ । रातो परिचय पत्र पाउँनेले मासिक तीन हजार रुपैँया र निलो परिचय पत्र पाउँनेले मासिक १ हजार ६ सय रुपैँया भत्ता पाउँदै आएका छन् । कार्कीका अनुसार असाध्य सिकिस्त र अरुको सहारामा निर्भर रहनेलाई रातो परिचय पत्र वितरण गरिएको छ ।

त्यस्तै, कम्मरमुनिको भाग नचल्ने र माथिको भाग मात्र चल्नेलाई निलो परिचय पत्र वितरण गरिनेछ । शरीरको कुनै एउटा भाग क्षती भएकालाई पहेँलो परिचयपत्र र शरीरको कुनै एउटा अंग नहुनेलाई सेतो परिचय पत्र वितरण गरिदैँ आएको छ । पहेँलो र सेतो परिचय पत्र पाउँनेले मासिक भत्ता नपाएपनि अपाङ्गता कोटाबाट जागीरका लागि आवेदन दिन सक्छन् । इटहरी क्षेत्रमा अपाङ्गता भएका मानिसहरुको हकहितमा काम गर्ने तीनवटा संस्था रहेका छन् ।

करीब दुई दशक अगाडिबाट अपाङ्गता भएका मानिसहरुको क्षेत्रमा कामगर्दै आएको नेपाल चेलीबेटी अपाङ्ग महिला समाजकी निवर्तमान अध्यक्ष दिलकुमारी राई भन्छिन्, ‘अपाङ्गता भएका मानिसहरुलाई राज्यले उपेक्षा गरेको छ ।’ उनले शारीरिक अशक्त मानिसहरुको हक, हित र अधिकारका निम्ति सहजीकरण गर्ने संस्थालाई राज्यको तर्फबाट अपेक्षाकृत रुपमा सहयोग नभएको गुनासो गरिन् । उनले टाकुरान्यूजसँग भनिन्, ‘शारीरिक अशक्त मानिसहरुका लागि आवश्यक उपचारजन्य सामाग्री उपलब्ध गराउँन सकिरहेको छैन ।’

सहायक सामग्रीको आवश्यकता रहेको शारीरिक अशक्तहरुका लागि राज्यले स्पष्ट नीति बनाएर सहयोग सकेको छैन । उनी भन्छिन्, ‘वैशाखी, ह्वीलचियर लगायतका सहायक सामाग्रीहरु अभाव नै अभाव छ । अपाङ्गता भएका व्यक्तिहरु अहिले पनि अपहेलित नै छन् ।’

समग्रमा हेर्ने हो भने अपाङ्गता भएका मानिसहरु अहिले पनि शारीरिक र मानसिक रुपमा मात्र नभइ आर्थिक, सामाजिक, भौतिक लगायतका क्षेत्रमा निकै जटिल दैनिकी निर्वाह गर्न विवश छन् । समाजले अपाङ्गता भएका मानिसहरुलाई हेर्ने दृष्टिकोणमा पनि पूर्ण रुपले सुधार आइसकेको छैन ।

यो विद्यमान अवस्थामा उनीहरुले जे जस्तो समस्या भोगिरहेका छन्, ती समस्याको दीर्घकालीन समाधानका लागि राज्यले विशेष कदम चाल्नुपर्ने देखिन्छ ।

हेर्नुहोस् भिडियो

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.