इटहरी : नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उमेद्धवारलाई मात्र चिन्ने बताएका छन् ।
सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।
उनले केपी ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता नतोडिने बताए । निर्वाचन आयोगमा गएर चुनाव नगर्न भनेर नधम्क्याउन आग्रह गर्दै उनले राजनीतिक रुपमा ‘कु’ गरेर अस्थिरता सुरु गर्ने केही तत्व रहेको र सचेत हुन कार्यकर्तालाई आग्रह गरे ।
प्रचण्डको ढुलमुले प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको उनको आरोप थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क हुन आग्रह गरे ।
प्रचण्ड–माधव समूहले केन्द्रमा पार्टी र राजकीय सत्ता कब्जा गर्न नसकेपछि प्रदेश कब्जा गर्न खोजेको आरोप लगाउदै त्यो पनि असफल बनाउने बताए ।












Discussion about this post