Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
in समाचार
0
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
105
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, ९६ किलो गाँजा, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद भएको प्रहरीले जनाएको छ।

झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देवेन्द्र बिकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। त्यस्तै, दमक–३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का गणेशप्रसाद ओलीलाई ३०० मिलिग्राम ब्राउनसुगरसहित तथा बिर्तामोड–४ का चाल्स लिम्बू र उमेश लिम्बूलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। यस्तै, प्रहरी चौकी धरमपुरले शिवसताक्षी–२ का वीरगञ्ज आङदम्बेलाई स्पारेष्ट १०० र ट्रामाडोल १०० ट्याब्लेटसहित पक्राउ गरेको छ।

सुनसरीमा कोशी प्रदेश प्रहरीको टोली तथा इलाका प्रहरी कार्यालय धरान, इटहरी र चतराको संयुक्त टोलीले बराहक्षेत्र–१ का योगेश न्यौपानेलाई स्पास्मो–२९० चक्की र कोरेक्स एक बोतलसहित पक्राउ गरेको छ। धरान–२० का विक्रम उदास २ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

इटहरीबाट मोहन परियार, सुमन पासवान, दिपेश राना मगर र सक्षम केसीलाई २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१७ का प्रकाश राईलाई ६४ किलो गाँजासहित पक्राउ गरेको छ। साथै धरान रेलवे क्षेत्रबाट बेवारिसे अवस्थामा ३२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

सप्तरीमा कञ्चनरूप–९ का शिवनारायण महत्तोलाई नाइट्रोजन–१२ चक्कीसहित तथा प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

मोरङमा कोशी प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय रानीले कटहरी–३ का कमल रामलाई ५९० मिलिग्राम, दुहबी–८ का सन्दीप कार्कीलाई ४६० मिलिग्राम, पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७२० मिलिग्राम तथा प्रहरी चौकी कर्सियाले धनपालथान–४ का गोपाल सहनीलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

Tags: #पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 
FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही...

मौसम खुलेपछिको खाँदबारी बजार
विविध

मौसम खुलेपछिको खाँदबारी बजार

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

मौसम खुलेसँगै ड्रोनबाट लिएको संखुवासभाको सदरमुकाम खाँदबारी बजार र पृष्ठभूमिमा विश्वको पाँचौँ अग्लो मकालु हिमाललगायत हिमशृंखला । तस्बिर : भविन...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३
नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

कार्तिक १०, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट तीन महिनामा भित्रिए एक हजार १०६ जना विदेशी पर्यटक

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.