झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलमा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सीसीटिभी फुटेजको आधारमा अर्जुनधारा नगरपालिका ४ का ४१ बर्षीय बिक्रम दनुवारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद एक लाख ४८ हजार ६ सय ६५ रुपैँया र भारतीय नोट पन्ध्र सउ समेत बरामद गरेको छ ।
पक्राउ परेका दनुवारको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post