Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
in समाचार
0
विराटनगरमा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ, पार्किङ र ठेला व्यवस्थापनका लागि अध्ययन समिति
67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ ।

महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन ।

निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समितिसमेत गठन गरेको छ ।

समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

महानगरका मेयर कोइरालाका अनुसार पछिल्लो समय सर्वसाधारणबाट फुटपाथ अतिक्रमण, जाम समस्या र असुरक्षित आवतजावतबारे व्यापक गुनासो आएको थियो ।

त्यसैलाई सम्बोधन गर्न अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो । मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका छन् ।

महानगरको अभियानमा प्रशासनको पूर्ण साथ र सहयोग रहने मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रतिबद्धता जनाए ।

बजार क्षेत्रको फुटपाथ नियन्त्रण र सिंघिया, केशलिया खोलाको अवैध उत्खनन्लाई रोक्न महानगरलाई प्रहरीका तर्फबाट पूर्ण साथ र सहयोग रहने मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले स्पष्ट पारे ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथप्रसाद भगत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Tags: #विराटनगरफुटपाथविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.