उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको निधन भएको छ ।
बेल्टारस्थित लक्ष्मीनाराण खड्काको घरमा मंगलवार बिहान आगलागी भएको हो ।
आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।
विद्युत् सर्ट भएर आगलागी भएको हो वा अन्य कारण भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।















Discussion about this post