झापाको गौरादह नगरपालिका ४ मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनाबाट मे १० प ११६७ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका ५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post