Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

रासस by रासस
भदौ ९, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे
61
SHARES
Share on FacebookShare on Twitter

ओखलढुङ्गा : ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ ।

ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।

ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ ।

पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ ।

दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिन्छ । यो झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना रहेको स्थानीय दिलबहादुर तामाङ बताउँछन् ।

ककनी खोलाको तेस्रो झरना भने खोचभित्र छ । यो झरनामा पुग्नका लागि सहज बाटो पनि छैन । तेस्रो झरना अझ सुन्दर र आकर्षक भए पनि त्यहाँ जान नसकिने तामाङको भनाइ छ ।

“ककनी खोलाका तीनवटै झरना आकर्षक छन्,” तामाङ भन्छन्, “तर भौगोलिक विकटताले पर्यटकको बाक्लो उपस्थिति हुन सकेको छैन ।”

ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रख्यात ककनी चम्पादेवी मन्दिर रहेको छ ।

धार्मिक आस्थासँग समेत जोडिएको तीनछाँगे झरनाको पहिलो र दोस्रो झरनामा जानका लागि गोरेटो बाटो, रेलिङ, विश्रामस्थल, काठेपुललगायतका संरचना निर्माण भएका छन् । तर प्रदेश र स्थानीय सरकारले निर्माण गरेका ती संरचना पनि पूर्ण नरहेको स्थानीय ढकबहादुर सुनुवारले बताए ।

“ककनी गाउँसम्म आउने सडकदेखि झरनासम्म जाने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुनसक्ने सम्भावना छ,” सुनुवार भन्छन्, “ककनी गाउँसम्म आवतजावत गर्ने सडकदेखि झरनासम्म जाने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुनसक्ने सम्भावना छ ।”

झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार जातिको बाक्लो वस्ती रहेको छ । झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले होमस्टे सुविधासमेत दिँदै आएका छन् ।

“झरना नजिकै बास बस्ने सुविधायुक्त होमस्टेसमेत व्यवस्था गरेका छौँ,” होमस्टे सञ्चालक नरबहादुर सुनुवार भन्छन्, “त्यसैले पर्यटक आवागतम बढाउन जोड दिइरहेका छौँ ।”

यसरी पुग्न सकिन्छ झरना स्थल

जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट झरना क्षेत्रमा करिब तीन घण्टाको दूरीमा पुग्न सकिन्छ । झरना क्षेत्रमा पर्यटक बढे स्थानीयको आर्थिक अवस्थासमेत सुधार हुने होमस्टे सञ्चालक सुनुवारको भनाइ छ ।

भौगोलिक दुर्गमताका बाबजुत प्राकृतिक सुन्दरतामा रमाउनेहरुका लागि तीनछाँगे झरना उपयुक्त गन्तव्य हो । झरना क्षेत्रमा जानका लागि ओखलढुङ्गा सदरमुकामबाट कटुञ्जेको कोषहाट हुँदै ककनी गाउँसम्म बाइक वा जिपमा जान सकिन्छ ।

Tags: #पर्यटनओखलढुङ्गाझरना
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास
FEATURE BREAKING

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : आगलागीलगायत विपद्का घटनामा हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास...

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार
FEATURE BREAKING

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सुनसरीका दुई हस्ती उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस सुनसरीका दुई महत्त्वपूर्ण नेताका रुपमा...

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.