धरान उपमहानगरपालिका ८ बरगाछीबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल भुजेल र इटहरी उपमहानगरपालिका २ घर भएका ४७ वर्षीय दिपक पोख्रेल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीकाके टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान कार्य गरिहेको प्रहरीले जनाएको छ ।














Discussion about this post