मोरङ : मानव बेचविखन गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरीको टोलीले विराटनगर –१५ बस्ने ३४ वर्षीय काजी तामाङ र वडा नम्बर–१६ बस्ने प्रेम बहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले होटेलमा काम लगाइदिने भन्दै सिन्धुपाल्चोकबाट दुई महिलालाई विराटनगरमा बोलाएर भारत बेच्न लैजाँदै गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।














Discussion about this post