Wednesday, October 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
in विविध, समाचार
0
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै
53
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ ।

दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो ।

घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताए ।

पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उनी सम्झन्छन् । अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उनले बताए ।

“पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपथ्र्यो”, उनले भने, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ । त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।”

समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ । पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ ।

कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताए । पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

Tags: #भोजपुरपरम्परा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेश : मातृभाषामा सेवा पाउने व्यवस्था गर्न पाँच दलको आग्रह

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.