इटहरी : मोटरसाइकलको ठक्करबाट सुनसरी ईनरुवा नगरपालिका ८ डुम्राहाकी ६० बर्षीया खट्रो उरावको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ५ बजे भोक्राहा नरसिङ ४ स्थित पूर्व-पश्चिम राजमार्गमा स ४ प ५७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक सप्तरी कैलाडी ६ का ५० वर्षीय शिव नारायण मण्डल समेत घाइते भएका छन् । उनको गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post