तरहरा : धरान ८ स्थित विश्वकर्मा मन्दिर नजिकै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ आउँदै गरेकाे काे ३६ प ७७८ र इटहरीबाट धरानतर्फ आउँदै गरेकाे प्रदेश ०१–०२–०४४ प ५११९ नम्बरकाे माेटरसाइकल एक आपसमा ठाेक्किदा दुवै माेटरसाइकलमा सवार चारजना गम्भीर घाइते भएकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका अनुसार घाइते चारै जनाकाे अवस्था गम्भीर रहेकाे छ । घाइतेहरुको नाम, थर खुल्न बाँकी रहेको छ । उनीहरूको धरानस्थित वीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post