धरान : धरानबाट प्रतिबन्धित औषधीसहित एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान १०, धर्मपथ लाइनस्थित सडकखण्डबाट धरान ९ का मुन्ना खान र उनकी श्रीमती आसमा खातुनलाई प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन प्लससहित प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार मोटरसाइकलमा सवार दुवैलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट प्रतिबन्धित औषधी बरामद भएको थियो ।
उनीहरुको साथबाट स्पास्मोप्रोक्सिभन प्लस ५ सय ८६ क्याप्सुल बरामद भएको थियो । उनीहरुलाई मोटरसाइकल र बरामद भएको प्रतिबन्धित औषधीसहित थप कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको धरान प्रहरीले जनाएको छ ।














Discussion about this post