इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी इश्वर खतिवडा सुनसरी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
लागूऔषध कारोबार, चोरी तस्करी, अपराधीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै खतिवडालाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
“पुलिस अफ दी मन्थ” बाट सुनसरीका एसपी कमल थापाले खतिवडालाई सम्मान गरेका हुन् ।
उच्च मनोबलका साथ अपराध नियन्त्रण क्षेत्रमा लागेको भन्दै खतिवडालाई पुलिस अफ दी मन्थबाट सम्मान गरिएको हो । खतिवडा लामो समयदेखि अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।















Discussion about this post