संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४८ वर्षीय रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजे रिन्जेले कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पाको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले रिन्जेलाई नियन्त्रणमा लिएर प्रहरी चौकी नुनढाकीमा राखेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
















Discussion about this post