इटहरी : विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि इटहरीमा सवारी चालकहरुलाई फेस मास्क वितरण गरिएको छ।
नेपाल यातायात मजदुर संघ इटहरी उपमहानगरपालिका ईकाइ समितिले इटहरीमा सवारी चालकहरुलाई फेस मास्क वितरण गरेको हो ।
सार्वजनिक यातायातमा भीडभाड हुने भएका कारण यात्रु साथै सवारी चालक, सहचालक समेतलाई सचेत गराउने उद्धेश्यले मास्क वितरण गरिएको नेपाल यातायात मजदुर संघ इटहरीका सभापति दिनेश प्रधानले बताए ।
उनले एक हजार जनालाई उक्त मास्क वितरण गरिने बताए ।
कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका राष्ट्रिय उप–महासचिव ज्योति कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी , नेपाल यातायात मजदुर संघ प्रदेश नम्बर १ का सभापति पूर्ण प्रधान, कलम राई तथा ट्राफिक प्रहरीको सहकार्यमा मास्क वितरण गरिएको हो ।
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...











Discussion about this post