इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ।
तार चोरी गर्दै गरेको अवस्थामा इटहरी ५ बस्ने ३१ वर्षीय ईश्वर लिम्बू र २४ वर्षीय मेनुका राईलाई पक्राउ गरेको इटहरीका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले जानकारी दिए ।
उनका अनुसार इटहरी ५ स्थित पूर्व पश्चिम राजमार्गको खेती खोला पुलमा गत ९ गते नेपाल टेलिकमबाट अण्डर ग्राउण्ड गरिएको १२ सय पाइरको केवल काट्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनीहरूको साथबाट बन्चरो छेनो र हेक्सो ब्लेड पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको केसीले बताए ।














Discussion about this post