Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा मुख्य सडकमै पार्किङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा मुख्य सडकमै पार्किङ
345
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा सडकमै पार्किङ गर्दा यातायातमा समस्या उत्पन्न भएको छ । इटहरीका मुख्य चौक आसपास तथा निर्माणाधीन ६ लेन सडकमै सवारी पार्किङका कारण यातायातमा समस्या उत्पन्न भएको हो ।

मुख्य चौकको पूर्व लाइन, पश्चिम लाइन, धरान लाइन तथा विराटनगर लाइनमा सडकमै पार्किङ गरिदाँ यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय, स्थानीय सरकार र ट्राफिक प्रहरीले अन्तरक्रिया गरी यसको तत्काल समाधान हुनुपर्ने इटहरीका आर्यन सुवेदी बताउँछन् । उनले भने, ‘निर्माणाधीन ६ लेन सडक पूरा हुन नपाउँदै आधा भागमा पार्किङ गरिएको छ, हामीलाई गाडी चलाउन मात्रै होइन, बाटो हिड्दा पनि असहज भइरहेको छ ।’

पूर्वको ब्यापारिक केन्द्र मानिएको इटहरीमा पछिल्लो समय ठूला कम्प्लेक्स र सपिङ महलहरु सञ्चालनमा आउने क्रम तीव्र रहेपनि पार्किङ स्थल नहुँदा झमेला हुने गरेको उनको भनाइ छ । इटहरीमा भएको जथाभावी पार्किङका कारण यातायातमा मात्रै नभइ आम मानिसको आवतजावतमा पनि समस्या उत्पन्न भएको उनी बताउँछन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एपसी) सञ्जीव शर्माले सडकमा पार्किङ गरेका कारण यातायात सञ्चालनमा कठिनाई भएको बताए ।

उनले भने, ‘ट्राफिक प्रहरीले यातायातसँग मात्रै सम्बन्धित कुरा निगरानी गर्ने हो, बाटो अबरुद्धको विषयमा स्थानीय तहले हेर्ने हो, तर हाल पार्किङको सम्बन्धमा ट्राफिक प्रहरीले दैनिक व्यापारीहरूसँग झगडा गर्नुपर्ने स्थिति छ ।’

उनका अनुसार ठूला व्यापारिक भवनमा समेत पार्किङ स्थल नहुँदा सडक अबरूद्ध भइरहेको छ । व्यापारीहरुले आवाज उठाएको अवस्थामा आफूहरूले एकतर्फी पार्किङ सञ्चालन गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने शर्माले बताए ।

उनले भने, ‘मुख्य राजमार्गमै पार्किङ हुँदा हाल समस्या हुँदै आएको छ, अन्य साना तथा भित्री सडकहरुमा एकतर्फी पार्किङ गर्ने अभ्यास समेत सञ्चालन गरिरहेका छौँ ।’

ट्राफिकले मुख्य राजमार्ग बाहेकका अन्य स्थानमा भने एकतर्फी पार्किङ बनाउन पहल गरिरहेको र मुख्य राजमार्गमा भने पार्किङ नगर्नका लागि पटकपटक अपिल गरिरहेको उनले बताए ।

वर्षदिन अघि इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक गौतमको अध्यक्षतामा कार्यदल बनाएर पार्किङ समस्या निरूपण गर्न प्रयास गरिएपनि अहिलेसम्म यसको समाधान भएको छैन ।

इटहरी उपमहानगरपालिकाले वडा नं. ४ ट्याङ्ग्रा खोला नजिकै स्मार्ट पार्किङ बनाउने अवधारणा बनाएपनि हालसम्म सुरू भएको छैन । उक्त स्मार्ट पार्किङमा ६ सय वटा सवारी साधन पार्किङ गर्न सकिने बताएपनि निर्माण कार्य अहिलेसम्म सुरु नहुँदा मुख्य क्षेत्रमा समस्या भएको हो ।

Tags: #इटहरी#सडकटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

by रासस
बैशाख १९, २०८३
0

मोरङ : भारतीय बजारबाट एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1531 shares
    Share 612 Tweet 383
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    589 shares
    Share 236 Tweet 147
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.