इटहरी : इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।
कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक दुवै पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















Discussion about this post