मोरङ : मोरङको लोहन्द्रा खोलाबाट बालुवा ल्याउँदै गरेको ट्याक्टरले च्यापेर मोरङको ग्रामथानमा आज (शुक्रबार) विहान चालकको मृत्यु भएको छ ।
बालुवा लोड गरेर खोलाबाट आउने क्रममा ग्रामथान गाउँपालिका–४ मा को १ त ४९०२ नम्बरको ट्याक्टरको अगाडिको भागले च्यापिएर चालकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरको अगाडिको भागको इन्जिन उठेर च्याप्दा चालक मोरङको कटहरी गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिलकुमार मुडियारीको मृत्यु भएको हो ।
उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी राईले दिए । उनका अनुसार उकालो कच्ची सडकमा लोड धेरै भएकाले ट्याक्टरले तान्ननसक्दा दुर्घटना भएको पाइएको छ ।
यद्यपि, प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।














Discussion about this post