ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङ हत्या प्रकरणमा दुईजनालाई कारागार चलान गरिएको छ ।
स्थानीय ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई पूर्पक्षकालागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार आकाशलाई कर्तव्य गरी मारेको ज्यान सम्बन्धी मुद्धामा गत वैशाख ९ गते पक्राउ गरिएको थियो । यस्तै काजीमानलाई ज्यान सम्बन्धी र हातहतियार सम्बन्धी कसुरमा गत वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरक्षक महतोले बताए ।
आकाशले गत वैशाख ९ गते साँझ स्थानीय शिक्षक ५२ वर्षीय खड्कबहादुर लिम्बूलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेर हत्या गरेका थिए ।












Discussion about this post