इटहरी : इटहरीमा खुकुरी प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कुमार कटवालका अनुसार जेठ ४ गते हिजो (मंगलबार) इटहरी ७ वस्ने वर्ष २२ को मनुवा सदालाई सोही स्थान बस्ने वर्ष ३१ को बाबुलाल सदाले मादकपदार्थ सेवन गरेर धारिलो हतियार पक्राउ गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको हो ।
उनले मनुवालाई खुकुरीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र तत्काल फरार रहेपनि प्रहरीले खोजतलास गर्ने क्रममा रातको समयमा खुकुरीसहित आफ्नै घरमा पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
घाइते मनुवाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ भने प्रक्राउ परेका बाबुलालमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।















Discussion about this post