खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक सडकबाट २० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी ४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्याक्टरका चालक र सहचालक घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post