इटहरी : इटहरी ११ भागलपुरमा बसोबास गर्दै आएका छालाको क्यान्सरबाट पीडित २८ वर्षीय सुरज मगरको मृत्यु भएको छ । राति ठिकै सुतेका उनी शुक्रबार बिहान उठ्दा मृत्यु भइरहेको अवस्थामा भेटिएका स्थानीय मोहन कार्कीले जानकारी दिए ।
उनलाई दुईदिन अघि स्थानीय युवराज गौतमको सहयोगमा उपचारका लागि झापास्थित धुलाबारीमा रहेको आयुर्वेदिक अस्पतालमा लगिएको थियो । आयुर्वेदिक अस्पतालमा उपचारको क्रममा प्रेसर कम भएको बताएका थिए ।
उनको शुक्रबार नै अन्त्यष्टि गरिएको छ । एक साता अघि युथ अफ खनारका युवाहरुले पनि यस परिवारलाई केही रकम संकलन गरेर ग्यास सिलिण्डरसहित खाद्यान्न सामग्री वितरण गरेको थियो । साथै मगर परिवारको सहयोगको लागि अपिल समेत गर्दै आएको थियो ।
यो पनि – छालाको क्यान्सर भएका इटहरीका सुरजको चीत्कार
यो पनि – क्यान्सर पीडित मगर परिवारलाई सहयोग














Discussion about this post