Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

फाइल तस्बिर ।

49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही क्षेत्र र उदयपुरका पहाडी बस्तीका बासिन्दाका लागि यो नदी वारपार गर्ने सहज माध्यम हो ।

वराहक्षेत्र मन्दिर पुग्ने तीर्थयात्रीका लागि पनि जलमार्गले यात्रा छोट्याएको छ ।

तर नदीमा बोट दुर्घटना हुँदा यात्रुको ज्यान जाने र बेपत्ता हुने घटनाले जल यातायातको सुविधासँगै सप्तकोशीमा बोट चलाउने व्यवसाय दर्ता हुनु र यात्रुको सुरक्षा सुनिश्चित हुनु एउटै कुरा हो ? भन्ने प्रश्न उब्जिएको छ ।

यही कात्तिक ८ गते भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए । केही यात्रु घाइतेसमेत भए । दुर्घटनाले जलमार्गको उपयोगितामाथि भन्दा पनि यात्रुको सुरक्षाका लागि अपनाइएका प्रबन्ध पर्याप्त छन् कि छैनन् भन्ने विषयमा ध्यान खिचेको छ ।

खासगरी दुर्घटनापछि जल यातायात सञ्चालनको अनुमति र नियमनको विषय महत्त्वपूर्ण बनेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पोषण लामिछानेका अनुसार जिल्ला प्रशासन कार्यालयले सप्तकोशीमा सञ्चालन हुने जेटबोटलाई अनुमति दिएको छैन ।

यता वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले भने जेटबोट कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन विभागमा दर्ता भएर सञ्चालन हुँदै आएको बताएका छन् ।

विशेषगरी व्यवसाय सञ्चालनका लागि विभिन्न निकायमा दर्ता हुनु र नदीमा यात्रु बोक्ने अनुमति तथा सुरक्षा मापदण्डको नियमनबीचको सम्बन्धबारे प्रश्न उठाएको छ । कुन निकायले बोटको प्राविधिक अवस्था जाँच्ने, यात्रु बोक्ने क्षमता निर्धारण गर्ने र सुरक्षा मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने भन्ने विषय स्पष्ट नहुँदा यात्रुको जोखिम हुने गरेको छ ।

चतरादेखि भोजपुरको कोप्चेसम्म एक दर्जनभन्दा बढी जेटबोट सञ्चालन हुँदै आएका छन् । कात्तिकको पहिलो सातादेखि सुरु हुने सेवा जेठ अन्तिमसम्म चल्ने गरेको छ । खासगरी बर्खाको समय बाहेक हिउँदमा सञ्चालन हुने जेटबोटले पर्यटक आवागमनमासमेत सहज हुँदै आएको थियो । तर, दुर्घटनाका कारण यात्रुको मृत्यु भएपछि भने अवधिमा नदीमा हुने यात्राको सुरक्षा सुनिश्चित गर्न नियमित निरीक्षण आवश्यक रहेको जानकारहरूको भनाइ छ ।

जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो दुर्घटनामा परेको बोट सामान्य मोटरबोट थियो । जेटबोट र सामान्य मोटरबोटको बनावट, आकार तथा सुरक्षा व्यवस्था फरक हुने उनको भनाइ छ । दुर्घटनाका बेला इन्जिन बन्द भएको र नदीको तीव्र बहावले बोटलाई नियन्त्रणबाहिर पुर्‍याएको हुन सक्ने उनले बताए ।

सप्तकोशीमा पानीको बहाव तीव्र हुने भएकाले थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । इन्जिनमा प्राविधिक समस्या आउन सक्ने भए पनि त्यसलाई दुर्घटनामा परिणत हुन नदिन चालकको तयारी, बोटको अवस्था र यात्रुको सुरक्षाका प्रबन्ध महत्त्वपूर्ण हुन्छन् ।

यसले बोटको अवस्था र चालकको सीपसँगै आपत्कालीन अवस्थामा यात्रुलाई कसरी सुरक्षित राख्ने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको देखाउँछ । बोटमा आवश्यक सुरक्षा सामग्री, यात्रुको विवरण, उद्धारको तयारी र यात्रु बोक्ने क्षमताको पालना भए–नभएको विषयमा नियमित निगरानी आवश्यक हुन्छ ।

दुर्घटनाको इतिहासबाट नसिक्ने ?

सप्तकोशीमा बोट दुर्घटना भएको यो पहिलो घटना होइन । २७ भदौ २०७६ मा चतराबाट भोजपुरको कोप्चेतर्फ परीक्षणका लागि सञ्चालन गरिएको जेटबोट दुर्घटनामा परेको थियो । त्यसमा सवार नौ जनामध्ये आठ जना सकुशल उद्धार गरिएको थियो भने एक जना बेपत्ता भएका थिए ।

सप्तकोशीको केही क्षेत्रमा नदीको गहिराइ ७० फिटभन्दा बढी रहेको श्रेष्ठ बताउँछन् । तीव्र बहाव, गहिराइ र नदीको सङ्गमस्थलका कारण पहाडी क्षेत्रतर्फ बोट सञ्चालन गर्दा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

अघिल्ला दुर्घटनाबाट पाठ सिकेर सुरक्षा व्यवस्था कति सुधारियो भन्ने प्रश्न पछिल्लो घटनापछि फेरि उठेको छ । नदीको अवस्था र मौसमअनुसार सञ्चालनसम्बन्धी निर्णय, प्राविधिक जाँच तथा उद्धारको तयारीलाई नियमित प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।

जल यातायात सञ्चालनमा बिमा अर्को महत्त्वपूर्ण पक्ष हो । श्रेष्ठका अनुसार उनको कम्पनीले विगतमा बोटको बिमा गराएको भए पनि पछिल्लो समय बिमा कम्पनीहरूले बोटको बिमा गर्न मान्दैनन् । कम्पनीले यात्रुको दुर्घटना बिमा भने गर्दै आएको जनाएको छ ।

तर बिमा हुनु मात्रै दुर्घटना रोक्ने उपाय होइन । दुर्घटना भइहालेमा यात्रु र प्रभावित परिवारले पाउने राहत तथा क्षतिपूर्तिसँग बिमाको सम्बन्ध हुन्छ भने दुर्घटना रोक्न प्राविधिक परीक्षण, सुरक्षित सञ्चालन र उद्धारको तयारी आवश्यक पर्ने बताइन्छ ।

सप्तकोशीको जल यातायातले स्थानीय बासिन्दाको समय र दूरी घटाए पनि सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने व्यवस्था निर्माण नहुँदा दुर्घटनाको जोखिम निम्तिएको स्थानीयबासीको भनाइ छ ।

Tags: जलयात्राटाकुरा विशेषसप्तकोशीसप्तकोसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मौसम खुलेपछिको खाँदबारी बजार
विविध

मौसम खुलेपछिको खाँदबारी बजार

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

मौसम खुलेसँगै ड्रोनबाट लिएको संखुवासभाको सदरमुकाम खाँदबारी बजार र पृष्ठभूमिमा विश्वको पाँचौँ अग्लो मकालु हिमाललगायत हिमशृंखला । तस्बिर : भविन...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका
FEATURE BREAKING

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : कार्यकक्षमै सहकर्मी महिला इन्जिनियरमाथि कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन् । इटहरी...

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३
नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

कार्तिक १०, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट तीन महिनामा भित्रिए एक हजार १०६ जना विदेशी पर्यटक

कार्तिक १०, २०८३
इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

इलाममा २२ वर्ष पुरानो हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन