विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो। विराटनगरका इमरान शेखले ३९, लोकेश बमले २६ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
चितवनका कमल ऐरीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। रिजन ढकालले दुई तथा टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए भने रवि बोपारा ३२ र दान माउजली २९ रनमा अविजित रहे।
विराटनगरका बलरले चितवनका तीन ब्याटरलाई आउट गरेका थिए। निर्धारित लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा विराटनगरले प्रतियोगितामा हार बेहोर्नुपरेको हो।
















Discussion about this post