Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा सर्पदंशका बिरामी बढे, एक महिनामा ८७ जनाको उपचार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा सर्पदंशका बिरामी बढे, एक महिनामा ८७ जनाको उपचार

सर्पदंशका बिरामीको उपचार गरिदैँ ।

533
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बर्खायाम सुरु भएसँगै इटहरीमा सर्पदंशका बिरामी बढेका छन् । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर (ब्यारेक) मा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीहरुको संख्या बढेको हो ।

सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेलका अनुसार प्रदेश १ का सुनसरी, मोरङ, झापा तथा प्रदेश २ का सप्तरी, सिरहा लगायत जिल्लाबाट सर्पले टोकेका बिरामीको अहिले भीड लाग्न थालेको छ । ‘हामीले वैशाख महिनामा मात्रै ८७ जना सर्पदंशका बिरामीको उपचार गरेका छौँ,’ पोखरेलले टाकुरासँग भने, ‘कोभिडको समयमा यो संख्या निकै ठूलो हो, अन्य समयमा पनि यत्तिकै मात्रामा सर्पदंशका बिरामी हुन्थे, अहिलेको अवस्थामा सर्पदंशका बिरामी बढेका छन् ।’

उनका अनुसार उपचार केन्द्रमा वैशाख महिनामा मात्रै ८७ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ, यो निकै ठूलो संंख्या हो । अन्य अस्पतालले जुनसुकै बिरामीको जाँच गर्नपनि पीसीआर परीक्षण अनिवार्य गरेको तथा सर्पदंशका बिरामीको भर्ना नै नलिएको समयमा यस उपचार केन्द्रमा भने सर्पदंशका बिरामीलाई पीसीआर नै नगरी उपचार गर्नुपर्ने बाध्यता रहेको पोखरेलले बताए ।

उनले भने, ‘बाहिर बिरामी जाँदा अनिवार्य पीसीआर परीक्षण गर्ने गरेको छ, सर्पले टोकेका बिरामीलाई भर्ना नै नलिने पनि गरेको छ, हामीले पीसीआर नै नगरी उपचार गरिरहेका छौँ ।’ सर्पले टोकेका बिरामी जटिल अवस्थामा रहने भएकाले पीसीआर नै नगरी उपचार गर्न बाध्य रहेको पोखरेलले बताए ।

सर्पदंशका बिरामीको उपचार गरिदैँ ।

प्रदेश १ मा सबैभन्दा बढी मोरङ, झापा र सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दो छ । तर, त्यहीँबाट सर्पदंशका बिरामी धेरै संख्यामा आएकाले उपचार गर्न पनि जोखिम रहेको बताउँदै उनले भने, ‘अहिले १२ वटा मात्रै बेड छ, बिरामीको नन पोइजन वा पोइजन पहिचान गरेर उपचार गर्नुपर्ने हुन्छ, कम्तिमा पनि २४ घण्टा राखेर उपचार गर्दै आएका छौँ ।’
बेड संख्या थोरै भएपनि बिरामी जति आएपनि उपचारमा कुनै सम्झौता नहुने पोखरेलले बताए ।

स्थानीय नागरिक र नेपाली सेनाको समन्वयमा ०६९ सालमा स्थापना भएको उपचार केन्द्रमा हालसम्म १३ हजार भन्दा बढी बिरामीले उपचार गरिसकेका छन् । ‘नेपाली सेनाले उपचार गर्ने र उपचारमा हामीले आवश्यक सामाग्री उपलब्ध गराउनेगरी सम्झौता भएको छ,’ पोखरेलले भने, ‘प्रदेश १ र २ का बिभिन्न जिल्लाबाट आएका बिरामीहरुले सफल उपचार पाइरहेका छन् ।’

सर्पदंशका बिरामीलाई उपचार गर्न त्रास रहेपनि उपचार गरिरहेका उनले बताए । ‘सर्पका बिरामीको समयमा उपचार भएन भने मृत्यु हुनसक्छ, उपचार गरौँ भने आफैँ संक्रमित भइन्छ भन्ने त्रास पनि छ ।’ उनले भने ।

उपचार केन्द्रमा हाल सैनिक अस्पताल इटहरीका प्रमुख, सहायक रथी डा.भरत बहादुर भण्डारी लगायतको टिमले हाल सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ ।

Tags: #इटहरी#स्वास्थ्यटाकुरा विशेषसर्पदंश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा भन्सार छलीका कपडा बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको तीन लाख ६२ हजार २२५ बराबरको लत्ताकपडा बरामद गरेको छ।...

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता
विविध

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

by रासस
साउन ३१, २०८३
0

भोजपुर : पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएकाे पाइएको छ । गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष...

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन ३१, २०८३
राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३
बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

साउन ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.