झापा : झापा शिवसताक्षी नगरपालिका ९ स्थित दूधे शिवगंञ्ज सडक खण्डमा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्युृ भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका ६ का ४० वर्षीय जीवनकुमार दर्जी रहेका छन् ।
प्रहरीका अनुसार हिजो (आइतबार) बेलुका दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारको क्रममा बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post