Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कृष्णप्रसाद अर्यालको कथा – तीन अध्याय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०७८
in कला साहित्य
0
कृष्णप्रसाद अर्यालको कथा – तीन अध्याय
205
SHARES
Share on FacebookShare on Twitter

म ब्यूँझनुभन्दा अघि नै घाम ब्युझिएर हिडेसकेछ । म आङ तान्दै आगनमा निस्किनसाथ प्रकाशको आक्रमणमा परेँ । एउटा काम गर्ने केटो पनि आगनमा छ । ऊ दुब्लो छ । उसले लगाएको कमिज बाहिरबाट शरीरका हाड गन्न सकिन्छ ।

एक दुई तीन चार …। उसको आँखाबाट म देखिन्छु । एउटा औपचारिकता निभाउछ ऊ–कैले आउनु भो दाजै ?

–हिजो साँझ ।
–केमा ? बस, जीप ?
–बसमा आको ।
–बसमा हिड्दा त मजा हुन्छ है !
–अँ, हुन्छ ।

खासै बोल्ने मुड रैनछ मलाई । मैले उसलाई दिएका उत्तरबाट थाहा पाएँ ।

रहरहरू चकलेटजस्तै हुन्छन् । खाँदाखाँदै मुखबाट चकलेट खस्छ भुइँमा । धुलोले ढाकिन्छ । एकछिन म हेरिरहन्छु । ममा एउटा खै कुन तत्व छ जसले खसेको चकलेट टिप्न दिदैन । हाय रे ! मेरो प्रेम । एउटा प्रेम यसरी समाप्त भैसकेको छ । म यसैका छेउछाउ पुगेर केही कुरा लेख्छु ।

जिन्दगी यात्रा हो रे । भैराखोस् । यात्राका क्रममा केही आधा यात्रा भएका छन् । जसले कताकता चिमोट्छन् । काउकुती लगाउछन् । र, म ती यात्रा सम्झन्छु ।

पहिलो अध्याय

फुच्चु ,तिम्रो नाम के हो ?
–अमन

अमनको अर्थ के हुन्छ ? थाहा छ ?

–एउटा अबोध र चञ्चल आँखा भएको टाउको हल्लिन्छ । नाइँ भन्ने अर्थमा ।

म ठिस मान्छे । त्यो बच्चासँग अमनको अर्थ सोधिरहेछु ।

ऊ ऐले एउटी युवतीको काखमा छ ।

म फेरि सोध्छु–उहाँ तिम्रो मम्मी हो ?

युवती हाँस्छे । मुख छोप्छे रुमालले ।

मलाई थाहा छ त्यो युवती फुच्चेकी आमा होइन भन्ने । म जानीजानी सोधिरहेछु प्रश्न ।

छेमा हो उहाँ त – फुच्चेले उत्तर दिन्छ ।

म बोल्छु–ए हो र ? क्षमा चाहन्छु म ।

ऊ फेरि हाँस्छे ।

म दोहोराइरहन्छु । क्षमा चाहन्छु म । क्षमा चाहन्छु म ।
ऊ झ्यालनिरको सिटमा छे । म कोखैमा । कपाल बाँध्नु पाप हो । उसले पाप गर्ने कुनै मन गरिनछ । कपाल चकचक गरिरहेछ । चकचक गर्दै आउँछ मेरो गालामा, मुखमा, निधारमा ।
म अब कसैलाई सम्झिन्छु ।

क्रमशः त्यो कपाल मकैका पातझैँ लाग्छ मलाई । पास्दै जान्छ मकैका पातले । म फरक्क फर्किन्छु अन्तै ।
जाम छ । मुग्लिन अगाडि । म बसबाट ओर्लिनु पूर्व भन्छु–अमन, हिँड बाहिर जाऔँ ।
ऊ र म सडकमा हिड्यौँ ।

मैले सोधेँ–हाम्रो बस नं कति हो ।

–३०५६

हैन,३५०६ हो ।
ऊ हाँस्छ । उताबाट बाइक आए । ऊ भन्छ – हामी पनि बाइकमा आउनु पर्ने र छ ।
म सोध्छु–तिम्रो बाबाको बाइक छ ?
–नाइँ ,मामाको छ ।
बाबा कहाँ हुनुन्छ नि ?

–कतार

मम्मी ?
–कतार

म के के सोच्छु एकछिन ।

यतिबेला अगाडि ऊ युवती छ । भन्छे–अमन, अब हामी अर्को बसमा जाने ।
म ट्वाँ पर्छु ।

अमन – नाइँ ,दाइ जाने बसमै जाने हामी नि ।

म – किन के भयो र त्यो बसमा ?

–खै, खलासीले अर्कोमा सारिदियो । लोक्कल प्यासेन्जर । यस्तै हो । राम्ररी जानु है । ऊ अमनको हात समातेर बसभित्र छिर्छे । म नरोकी आफ्नो बसतिर लाग्छु ।

ऊ मुग्लिनसम्म पुग्ने वाली थि । फुच्चेको घर पोखरा रे । हनुमान चोक रे । कता पर्छ त्यो थाहा छैन मलाई ।

म छेमा चाहन्न । लोक्कल प्यासेन्जर । लोक्कल जिन्दगी ।

म क्षमा चाहन्छु ।

फागुन २९ गते

दोस्रो अध्याय

बस पार्क ।
यहाँ बिभिन्न किसिमका साधनहरूका साथसाथै केही आशाहरू पनि पार्किङ गरिन्छ ।

कसैले त जिन्दगी पनि यहीँ पार्किङ गर्छन् तर यो बसपार्क नै हो । कोमल तर मैला केही जिन्दगी देखिन्छन् सधैं । पोहोर पनि देखेथें । आज पनि देखें । भर्खरै एउटा मान्छे चुरोट प्युदै आउँछ । चुरोटको ठूटो फ्याक्छ र ऊ मेरा अँखाबाट क्रमशः हराउँछ र नयाँ चित्र अल्झिन्छ आँखामा ।

मैलो केटोले चुरोटको ठूटो टिप्छ । एक सास तान्छ । आफ्ना साथीहरूतर्फ हेरेर हाँस्छ । ऊ किन हाँस्यो ? मलाई यसको अर्थ थाहा छैन । तर ऊ हाँस्यो सजिलै । सायद उसले हाँस्न सिकेको छ । ऊ हाँस्यो । यो नै मलाई मन प¥यो ।

आशा–परम दुखको भाँडो ।
आशा–निराशाको शत्रु ।
आशा–तरुनीको नाम।
आशा–कसैकी आमैको नाम नि हुनसक्छ ।
बुटबल बसपार्कनिरै छु ।
बसपार्कमा आएपछि छुट्टिनु पर्छ रे । एकपटक छुट्टिएर हेरूँ क्यारे ।
पोहोर हो क्यारे ।

घरबाट बुटबल फर्किदा साथमा एउटी तरुनी जी पर्नु भएको थियो । म भर्खर लभबाट बाहिरिएको थिएँ । रेड कार्ड पाएर । प्रेमीहरू यति धेर ल्वाँठ हुन्छन् कि जुनकुनै रातो चीज गुलाब देख्छन् । मैले पनि गुलाब पाएँ ।

फेरि उसले दिएको कुरा जे पनि प्यारो लाग्छ । बिछोड पनि खुब प्यारो थियो । अँ तरुनी जीसँग बुटबलसम्म सँगै आएँ । मैले खुब धेरै हँसाएँ यात्रामा उसलाई । कुन्नि कुन ठाउँ आउदा भनेको थिएँ–यो बसमा ‘आमा बुबाको आशीर्वाद’ नलेखेर ‘गलफ्रेन्डको आशीर्वाद’ लेखे के हुन्छ होला ?

ऊ खुब धेरै हाँसेकी थि । हाँस्दै गर्दा हातले एक ढाप मेरो ढाडमा लगाई । अनि ऊ होसमा आई – कि म अपरिचित हूँ । अनि धेरै बेरसम्म झ्यालतिर फर्किरही । पाल्पाको मोडहरूमा मलाई भोमिट आयो । उसले मेरो टाउको समातिदी । भोमिट रोकिएपछि उसको अनुहारमा हेरेँ–केही पनि थिएन । मैले थाहा पाएँ कि यतिधेर भैसकेपछि पनि केही नहुँदोहेछ ।

सिद्धबाबानिरै आइपुगेपछि मैले हाँस्दै भनेको थिएँ–हजुरको नाम सोध्नै भुलेछु ।

त्यसपछि ओठ चलेका थिए । त्यस समयमा यस्तो आवाज आएको थियो–ठीक गर्नु भो । म बताउने वाला पनि थिइनँ । तर किस्नु, तपाईंको नाम थाहा पाएँ मैले ।

ऊ एकखेप हाँसेकी थिई ।
मैले ‘कसरी ?’ भन्नू अगावै भनेकी थिई–हजुरले फेसबुक चलाउदा देखें ।
सोधेकी थिई–एक पटक गुमेको कुरा फेरि पाइने कुरामा कत्तिको आशावादी हुनुन्छ ?
–खै !

बसको बेगका कारण उत्पन्न हावाले प्लास्टिकको झोला पर उछिट्टियो । केही धुलो उड्यो । अनि केही समयपछि सान्त भयो । त्यतिबेला बस टाढा पुगिसकेको थियोे ।

बसपार्क आइपुगेछि उसले भनेकी थिई–नाम नसोध्ने मेरो ?
मैले पनि प्रश्न गरें–नाम नबताउने मलाई ?

दुबै हास्यौं । झोला टिपिसकेपछि भनी–आशा ।
ऊ पर पुगिसकेकी थिई । मनमा शब्द उत्रियो–यो कस्तो आशा ? थाहा पाएपछि निराशा देखियो ।

आज–
बसमा चढिसकें ।
मेरो नजिकैको सिट खाली छ ।
म चाहन्छु–घरै पुगुन्जेलसम्म खाली रहोस् यो सिट । खाली भैराखोस् । म खाली भैराखूँ ।
मेरो दोस्रोपटक लभ परेर पनि तेस्रो हुने क्रममा छ ।
एउटै मान्छेसँग ।

दिल कपडाजस्तै च्यातेर मात्रै कहाँ पुग्यो र ?
ऊ फेरि फर्किएर आयो र पोछा बनाएर गयो ।
सोच्छु–तेस्रो पटकमा के बन्ने हुँला म ?

चाहन्छु–मेरो कसैसँग प्रेम नहोस् ।

तेस्रो अध्याय

घरबाट हिँडेपछि केही केही जिनिस छुटेजस्तो लागिरहन्छ । खै ! के छुट्यो छुट्यो तर छुट्यो ।
बसमा छु । ठीक अगाडि लेखिएको छ – नो स्मोकिङ
म चुरोट पिउदिन । मलाई बाल ।

श्री पशुपति नाथले हाम्रो यात्रा सफल पारुन् ।
हुन सक्छ हाम्रो यात्रा सफल पार्ने टेन्डर पशुपति नाथलाई परेको हो ।
म पछि फर्किएर हेर्छु । सिसामा बाहिर पट्टिबाट लेखिएको छ–

आमा बुबाको आशीर्वाद ।

हामी कहिल्यै परिर्वतन भएनौ । आधुनिक भएनौँ । गलफ्रेन्डको आशीर्वाद लेख्नु पर्दैन त त्यहाँ ?
म ढोकामा हेर्छु । हैन ,त्योभन्दा अघि अगाडिकी तरुनीलाई हेर्छु । छ्या ! भोमिट गरी यार । हेर्नुस् त्यही मुख, त्यही लाल ओठबाट बाहिरियो भोमिट । छ्या ! छ्या !

त्यता हेर्दिन । म अब ढोकामा हेर्छु । लेखेको छ–तपाईको सामान छुट्यो कि ?
यो दिलको द्वारमा पनि लेख्नु पर्दोरहेछ–तपाईको सामान छुट्यो कि ?
ए मान्छे,
यतै छुटेको तिम्रो यादले खुब दुख दिइरहेछ ।

Tags: #साहित्यकथाकृष्णप्रसाद अर्याल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
कला साहित्य

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्...

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?
कला साहित्य

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

इटहरी : पछिल्लो एक दशकमा तीव्र शहरीकरणसँगै इटहरीको स्वरूप फेरिएको छ। चौडा सडक, अग्ला भवन र आधुनिक पूर्वाधारले सहरको मुहार...

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३
विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.