इटहरी : सरकारले आगामी असार १ गतेबाट बिद्यालयतहका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुबीचको छलफलले वैकल्पिक विधि प्रयोग गर्दै नयाँ शैक्षिक शत्रका कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।
विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने छन् ।












Discussion about this post