Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
in कला साहित्य, समाचार
0
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
113
SHARES
Share on FacebookShare on Twitter

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ।

विश्व आदर्श कलेजको सहकार्य तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा आइतबार र सोमबार (साउन ३ र ४ गते) इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई–दुई शो प्रस्तुत गरिनेछ।

काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुवेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरी उल्लेखनीय चर्चा बटुलेको थियो।

विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालका अनुसार, नाटकका अधिकांश कलाकार ‘कलालय इटहरी’ मार्फत सक्रिय रङ्गकर्ममा आबद्ध रहेकाले आफ्नै भूमिमा यो नाटक मञ्चन गर्नु विशेष अर्थपूर्ण छ।

स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभाको प्रस्फुटन गराउने तथा इटहरीको रङ्गमञ्चलाई थप जीवन्त बनाउने उद्देश्यले सम्पूर्ण नाट्य टोलीलाई इटहरी आमन्त्रण गरिएको उनले बताए।

‘पापशाला’ विश्वप्रसिद्ध फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ–पल सार्त्रको चर्चित नाटक ‘ल्य भ्हष्त’ को नेपाली रूपान्तरण हो। नेपाली परिवेश, पात्र र समाजको मनोविज्ञानलाई केन्द्रमा राखेर गरिएको यस रूपान्तरणले मौलिक स्वाद प्रदान गरेको लेखक सुगम दुलाल बताउँछन्।

उनका अनुसार, नाटक तीन जना मृत व्यक्तिहरू एउटै बन्द कोठामा सँगै थुनिएको अवस्थाबाट सुरु हुन्छ। समयसँगै उनीहरूले आफूहरूको सबैभन्दा ठूलो यातना कुनै शारीरिक पीडा नभई एक–अर्काको उपस्थितिमै रहेको अनुभूति गर्छन्।

यही मनोवैज्ञानिक द्वन्द्व र अस्तित्वको खोज नै नाटकको मुख्य कथावस्तु हो।

निर्देशक प्रजल दुलालका अनुसार, नेपाली परिवेशमा ढालिएको यो प्रस्तुतीकरणले दर्शकलाई कथा सहज रूपमा आत्मसात् गर्न मद्दत गर्नेछ।

नाटकले मानिसको स्वतन्त्रता, जिम्मेवारी, आत्मपहिचान र अरूको दृष्टिले हाम्रो अस्तित्व कसरी परिभाषित हुन्छ भन्ने गहिरो अस्तित्ववादी प्रश्न उठाएको उनले बताए।

आफ्नै रङ्गकर्मको थलो इटहरीमा दर्शकमाझ उभिन पाउँदा सम्पूर्ण नाट्य टोली उत्साहित रहेको बताइएको छ। उनीहरूले कला, साहित्य र नाटकप्रेमी, पत्रकार, व्यवसायी, अभियन्ता तथा सम्पूर्ण नगरवासीलाई नाटक हेर्न निम्तो समेत दिएका छन।

नाटकमा अबिन ठटाल, लुमन्ती महर्जन, सुगम दुलाल र प्रजल दुलालको अभिनय रहेको छ।

संगीत विश्वकर्माको संगीत रहेको नाटकमा गायन सुरभी प्याकुरेलको रहेको छ। कार्भिका पोखरेलको सिर्जनात्मक निर्देशनमा तयार भएको यस नाटकलाई सुगम दुलालले नेपाली रूपान्तरण गरेका हुन्।

Tags: #इटहरीकलानाटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोको मान्छे (कविता)
FEATURE BREAKING

भोको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल गोज्याङ्ग्रे भोको पेट लिएर मानवहरू याे देशको माथमा रम्दै छन् दरबारमा धन हुने दुःखी परे जालमा खानै छैन...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल उदयपुर । उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा...

देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.