धरान : धरान ८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ ।
आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोही ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह ६ का ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका पौडेलको वीपी प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post