इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर र बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा-२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी कोशी गाउँपालिका-१ बाट बराहक्षेत्र नगरपालिका-६ का हरीबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरले मोरङको सुन्दरहरैँचा-५ का समीर चौधरीलाई २१० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
उता, प्रहरी चौकी भागलपुर उदयपुरले बेलका-१ बाट स १० प ७८०१ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका-७ का आर्जु राई र मोटरसाइकल पछाडि सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।















Discussion about this post