Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी पहिरोबाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान, आजदेखि नेपालमा प्रभाव पार्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २८, २०७८
in समाचार
0
आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
263
SHARES
Share on FacebookShare on Twitter

‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो) बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविद्ले औंल्याएका छन् ।

‘बंगाल खाडीआसपास विकसित हुनेक्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

विगतको तथ्यांक विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झन्डै ४ सय मानिसको मृत्यु भएको थियो । १ हजार १ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ ।

‘विगतका वर्षको अनुभव हेर्दा साउन–असोजमा बढी प्रभाव पारेको देखिएको छ,’ प्राधिकरण उपसचिव वेदनिधि खनाल भन्छन्, ‘बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा छन् । यसपटक विगतभन्दा झन्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुन सक्ने सम्भावना छ ।’

प्राधिकरणले पूर्वसूचना प्रणाली थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्काल राहतका लागि अहिलेदेखि नै व्यवस्थापन, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्नेगरी योजना बनाएको प्राधिकरण प्रमुख पोखरेलले जानकारी दिए ।

– मनसुनी वर्षाले १८ लाख प्रभावित हुन सक्ने
– आजदेखि नेपालमा प्रभाव पार्ने पूर्वानुमान

यसपटक प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही ‘हटस्पट’ गाउँपालिकाको कार्ययोजना तयार पार्नेक्रममा रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकोप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रूपमा लिँदै विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका अनुसार जोखिम क्षेत्रको जानकारी मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानुनी संरचना निर्माण र ‘कसरी छिटो उद्धार गर्ने ?’ भन्नेर समितिसमेत बनाइसकिएको छ ।

पूर्वतयारीका लागि प्राधिकरणले समन्वयात्मक रूपमा भर्चुअल बैठकसमेत गरेको छ । बैठकमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले क्षति न्यूनीकरण नै पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयास खाँचो उनले औंल्याए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । ‘प्रि–मनसुनमा जसरी वर्षा हुनुपर्ने थियो भएन, अहिले बंगाल खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदै छ,’ उनले भनिन्, ‘जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ ।’

विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठले हरेक वर्ष बाढी ‘फोकस’ गरेर २४ घण्टै पूर्वसूचना दिने गरिएको बताए । केही साताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीनपटक बाढी सूचना दिने गरिएको उनले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मुलुकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाएर बाढी तथा डुबान जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारण तयारी थालिएको छ ।

सीमावर्ती क्षेत्र तटबन्ध र अरू संरचनाले पु¥याएको अवरोध सन्दर्भमा पनि भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भएको छ । वर्षा लागेपछि बाढीपहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोग झाडापखाला, हैजा सम्भावना उत्तिकै प्रबल हुन्छ ।

त्यस्तै, विभागले विपद्बारे जानकारी दिन नौ जिल्लाका ३६ स्थानीय तहलाई कृत्रिम विपद् सिर्जना गरी व्यवस्थापन तालिम दिएको प्राधिकरण प्रवक्ता लीलाधर अधिकारीले जानकारी दिए ।

बाढीपहिरो मात्रै नभई भूकम्प पनि आउन सक्ने हुँदा स्थानीय तहमार्फत खुला स्थान पहिचान गरिसकेको उनले बताए । प्राधिकरणले निर्देशन दिए पनि धेरै स्थानीय तहसँग विपद् व्यवस्थापन नीति छैन । कुनै पनि प्रकारको प्राकृतिक विपद् आउँदा पहिला त्यसलाई प्रतिक्रिया जनाउने स्थानीय तह र त्यहाँका जनप्रतिनिधि नै हुन् ।

भूगर्भविद् डा. सुबोध ढकालका अनुसार बाढीपहिरो आउनुअगावै तत्काल गर्न सकिने काम थुप्रै छन् । ‘हामीकहाँ समस्या परेपछि मात्र ध्यान दिने चलन छ, मनसुन आएपछि मात्र सुरक्षा उपाय खोज्छौं,’ उनले भने, ‘यसले समस्या समाधान हुन सक्दैन ।’ उनका अनुसार गत वर्ष पहिरो गएका ठाउँ यसपालिका लागि पनि खतरा हुन सक्छ । ती ठाउँबाट बस्ती सार्नु उपयुक्त हुन्छ ।

त्यस्तै, समुदायमा ‘टास्क फोर्स’ बनाउने, जसले खोला, नदीनालामा परेको पानीको तथ्यांक राख्ने र त्यसलाई प्राधिकरणले एकखाले संरचना बनाई सहजीकरण गरिदियो भने बाढीपहिरो मापन गर्न सकिन्छ । नदी घुमेको ठाउँमा कटान बढी हुने भएकाले नदीमाथिको बस्ती जोखिममा पार्छ ।

सबिन शर्माले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: #मनसुन#मौसमपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो
समाचार

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव...

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    640 shares
    Share 256 Tweet 160
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    349 shares
    Share 140 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    262 shares
    Share 105 Tweet 66

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.