धरान : धरानका सञ्चारकर्मी रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको स्वरमा सजिएको छ । गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् ।
गीतको सङ्गीत संयोजन मनोज मोतेले गरेका हुन । गीत धरानको म्यूजिक मिडिया र काठमाडौँको भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको विश्वकर्माले बताए । उनैले निर्देशन गरेको म्यूजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन र सम्पादन एडम लिम्बूले गरेका हुन् ।
आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटेर देशप्रति सम्मानस्वरुप गीत निर्माण गरिएको गीतकार विश्वकर्माले बताए । म्यूजिक भिडियो धरान वडा नम्बर ११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको हो ।














Discussion about this post