Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १८, २०८३
in पर्यावरण, विविध, समाचार
0
मुन्दुम पदमार्गमा होमस्टे र गोठस्टे बनाउन कानुनी अड्चन
60
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने भएकाले पर्यटकको खानपान तथा आवासका लागि आवश्यक संरचना निर्माणमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।

भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रमका सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको विकासका लागि वनसम्बन्धी कानुनी व्यवस्थामा सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा जिल्लाका सात स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले होमस्टे दर्ताका लागि जग्गाधनी प्रमाणपुर्जा आवश्यक पर्ने व्यवस्थाका कारण वन क्षेत्रभित्र घरबास सञ्चालन गर्न समस्या भएको बताए । पर्यटकीय क्षेत्रका चौर तथा खर्कमा वातावरणमा असर नपर्ने गरी आवश्यक अस्थायी संरचना निर्माण गर्न सक्ने व्यवस्था मिलाउन वनसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले वनसम्बन्धी कानुनी व्यवस्थाका कारण मुन्दुम पदमार्गमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न नसकिएको बताए । वन क्षेत्रलाई कुनै बाधा नपुग्ने गरी घरबास तथा गोठबास (गोठ स्टे) निर्माणका लागि राज्यले सहजीकरण गनु पर्ने उनको भनाइ छ ।

“वन क्षेत्रलाई बाधा नपुग्ने गरी घरबास तथा गोठबास निर्माणका लागि राज्यले सहजीकरण गर्न आवश्यक छ,” अध्यक्ष बस्नेतले भने, “पर्यटकीय क्षेत्रको सम्भावनालाई उपयोग गर्न सरकारले विद्यमान नीतिमा आवश्यक सुधार गर्न ध्यान दिनुपर्छ ।”

साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले राज्यको नीतिगत व्यवस्थाका कारण पर्यटकीय क्षेत्रमा घरबासलगायतका संरचना निर्माणमा कठिनाइ भइरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रको सम्भावनालाई उपयोग गर्न सरकारले विद्यमान नीतिमा आवश्यक सुधार गर्नुपर्ने उनको भनाइ छ । पदमार्गमा आवश्यक बासस्थान निर्माणमा समस्या हुँदा पर्यटकले समस्या भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले घरबास दर्ताको अधिकार स्थानीय तहलाई प्रदान गर्नुपर्ने बताउनुभयो । स्थानीय आवश्यकताअनुसार पर्यटकलाई लक्षित गरी संरचना निर्माण गर्न वनसम्बन्धी कानुन संशोधन तथा प्रक्रियागत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले सामुदायिक वनले कार्यविधि बनाएर सामुदायिक घरबास सञ्चालन गर्न सक्ने व्यवस्था रहेको बताउनुभयो । तर, वन क्षेत्रको जग्गामा व्यक्तिगत रूपमा कुनै पनि संरचना निर्माण गर्न नसकिने उनले स्पष्ट पारे ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख कृष्ण न्यौपानेले छलफलका क्रममा जनप्रतिनिधि तथा सरोकारवाला पक्षबाट प्राप्त सुझाव मन्त्रालयमा प्रस्तुत गरिने बताए । प्राप्त सुझावमाथि मन्त्रालयमा छलफल गरी आवश्यक सहजीकरणका लागि पहल गरिने उहाँले जानकारी दिए ।

मुन्दुम पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन घरबास र आवश्यक पूर्वाधार निर्माणलाई सहज बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए । सो अवसरमा भोजपुरमा हालसम्म तीन वटा मात्र घरबास दर्ता भएको जानकारी दिइएको थियो ।

Tags: #भोजपुरकानुनी व्यवस्था
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

by रासस
कार्तिक ३०, २०८३
0

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1089 shares
    Share 436 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.