झापा : झापा गाउँपालिका २ झापा बजारमा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ३५ वर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो । प्रहरीका अनुसार बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलेर उनलाई किचेको थियो । गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटना बारे इलाका प्रहरी कार्यालय कुमारखोदबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।




















Discussion about this post