इटहरी : देशमा बढ्दै गएको भ्रष्टाचार, आर्थिक अनियमितता, हत्या हिंसा तथा अत्याचारलाई निरुत्साहित पार्ने गर्ने उद्देश्यले इटहरीमा युवाहरूले मौन प्रदर्शन गरेका छन् ।
युवाहरूले म बोल्छु, अति भो, प्रोब्लम कुनै सरकार देखि होइन, देशमा चलिरहेको खराब सिस्टम देखि हो, भ्रष्टाचार सरर गाडीमा, देशका युवाहरू खाडीमा, गरिखान देऊ, धनीका लागि न्याय गरिबका लागि अन्याय लगायतका दर्जनौँ प्ले कार्ड लिएर मौन प्रदर्शन गरेका हुन् ।
सरकारले घोषणा गरेका युवा वर्ग लक्षित कयौँ योजनालाई लागू गर्न कार्यान्वयन नगरेकाले सडकमा आउन बाध्य भएको अभियन्ता सरोज श्रेष्ठले बताए ।













Discussion about this post