मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ६ शिवालयदेखि पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी ६ का ३० वर्षीय रुद्रबहादुर क्षेत्री रहेका छन् ।
पक्राउ परेको क्षेत्रको घरदेखि इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post